आज कोशी, मधेस र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने, शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?

आज कोशी, मधेस र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने, शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • images
    images
    आज कोशी, मधेस र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने, शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ।

    आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    बिहीबार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। 

    कोशी प्रदेशका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। शुक्रबार सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा आंशिक वदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनारहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com