तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले आर्जन गरे १ खर्ब १० अर्ब बीमाशुल्क, कुन कम्पनीले कति ?

तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले आर्जन गरे १ खर्ब १० अर्ब बीमाशुल्क, कुन कम्पनीले कति ?

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले आर्जन गरे १ खर्ब १० अर्ब बीमाशुल्क, कुन कम्पनीले कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् । 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले ९ महिनामा १ खर्ब १० अर्ब रुपैयाँ ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

    तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीले २९ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    दोस्रो नेसनल लाइफ रहेको छ। यो कम्पनीले १२ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले यो ९ महिनाको अवधिमा १२ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    त्यस्तै हिमालयन लाइफले १२ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ। सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा एशियन लाइफले ५ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    त्यसैगरी सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सिटिजन लाइफले ४ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    यस्तै मेट लाइफले ४ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com