माछापुच्छ्रे बैङ्कको रुपन्देहीमा बन्यो आफ्नै भवन, मेयर खाँ र अध्यक्ष केसीले गरे उद्घाटन

माछापुच्छ्रे बैङ्कको रुपन्देहीमा बन्यो आफ्नै भवन, मेयर खाँ र अध्यक्ष केसीले गरे उद्घाटन

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • images
    images
    माछापुच्छ्रे बैङ्कको रुपन्देहीमा बन्यो आफ्नै भवन, मेयर खाँ र अध्यक्ष केसीले गरे उद्घाटन
    images
    images

    काठमाडौँ / माछापुच्छ्रे बैङ्क लिमिटेडले रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैङ्कको कार्यालय भवनको उद्घाटन गरेको छ । मङ्गलबार आयोजित एक औपचारिक कार्यक्रमकाबिच सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैङ्कका अध्यक्ष रोशन केसीले संयुक्त रूपमा उक्त कार्यालय भवनको उद्घाटन गरेका हुन् । 

    सो अवसरमा सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले माछापुच्छ्रे बैङ्कले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशी व्यक्त गरे । साथै, उनले बैङ्कलाई अझै उचाईमा लान सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना दिए । 

    यसैगरी, उक्त कार्यक्रममा बोल्दै बैङ्क सञ्चालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैङ्कले हरेक क्षेत्र र वर्गमा बैङ्किङ्ग सेवा पुर्याउन्े लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै नै हर्ष लागेको बताए । 

    machhapuchre bank.jpg

    साथै, बैङ्कले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनै पनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैङ्क लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैङ्क सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एवं बैङ्कका कर्मचारीहरूको उल्लेख्य उपस्थिती रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com