पश्चिमी वायु र स्थानीय वायु प्रभाव : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ?

पश्चिमी वायु र स्थानीय वायु प्रभाव : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ?

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • images
    images
    पश्चिमी वायु र स्थानीय वायु प्रभाव : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र मधेश  प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ। 

    शनिबार  सुदुरपश्चिम, कोशी प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार कोशी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकि  पहाडी भूभागको एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आगामी तीन दिनसम्म बर्षा र हिमपात भएको भूभाग र कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यान्नपछि हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com