बजेट लेखनको लागि अर्थले बनायो धनिराम शर्माको नेतृत्वमा समिति

बजेट लेखनको लागि अर्थले बनायो धनिराम शर्माको नेतृत्वमा समिति

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • images
    images
    बजेट लेखनको लागि अर्थले बनायो धनिराम शर्माको नेतृत्वमा समिति
    images
    images

    काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखन समिति गठन गरेका छन् । मन्त्रालयले अर्थ मन्त्रालयका सहसचिव तथा राजस्व महाशाखा प्रमुख धनिराम शर्माको नेतृत्वमा बजेट लेखन समिति बनाएको हो।

    समितिका सदस्यहरूमा बजेट महाशाखा प्रमुख रितेश शाक्य, वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुख ईश्वरी अर्याल, अर्थनीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, सह-सचिव रामप्रसाद आचार्य र आन्तरिक राजस्व विभागकी उप-महानिर्देशक पार्वती शर्मा रहेका छन्।

    राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com