गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर कार्यकर्तासँग मनाए होली, काठमाडौँमा रङ्गिए पर्यटक (तस्बिरहरू)

गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर कार्यकर्तासँग मनाए होली, काठमाडौँमा रङ्गिए पर्यटक (तस्बिरहरू)

आइतवार, चैत ११ २०८०
आइतवार, चैत ११ २०८०
  • images
    images
    गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर कार्यकर्तासँग मनाए होली, काठमाडौँमा रङ्गिए पर्यटक (तस्बिरहरू)
    images
    images

    काठमाडौँ / काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा आज र तराईका क्षेत्रमा भोलि होली पर्व मनाइँदैछ । यसवर्ष काठमाडौँमा मर्यादितरुपमा होली मनाइरहेको देखिएको छ । युवायुवती स्वतःस्फूर्तरुपमा सडकमा आइ रङ खेलेर रमाइलो गरिरहेका देखिन्छन् । 

    उनीहरु एकापसमा रङ र अविर साटासाट गरी रमाइलो गरिरहेका छन् । तर विगतका वर्षमा जस्तो जवरजस्ती बटुवा वा अपरिचित व्यक्तिलाई रङ फाल्ने तथा लोला हान्ने गतिविधि गरेका छैनन् ।
    त्यस्तै, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार चितवनको भरतपुरस्थित सचिवालयमा कार्यकर्तासँग होली खेलेका छन् । 

    यता, काठमाडाँैको बसन्तपुर, ठमेल, दरबारमार्गलगायतका स्थानहरूमा विदेशी पर्यटकहरूसमेत होलीको रङ्गमा रमाइरहेका छन् । होलीपर्वलाई मर्यादित बनाउन प्रहरीले पनि गस्तीहरु बढाउने, माइकिङ गरी आ-आफै पर्व मनाउन र कसैलाई जवरजस्ती नगर्न आग्रह गरिरहेको छ ।

    त्यसैगरी चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम पनि बढ्नसक्ने देखिएकाले त्यसो नगर्न पनि प्रहरीले आग्रह गरिरहेको छ ।

    यसैगरी प्रहरीले ट्रेकिङ, मापसे, लापसे तथा थप पिकेट ड्यूटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरेको जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । 

    हेर्नुस् तस्बिरमा 

    तस्बिर : रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com