रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको परराष्ट्रले गर्‍यो पुष्टि

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको परराष्ट्रले गर्‍यो पुष्टि

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • images
    images
    रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको परराष्ट्रले गर्‍यो पुष्टि
    images
    images

    काठमाडौँ / परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। 

    परराष्ट्र मन्त्रालयले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । 

    यसअघि सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो। त्यसमा थप सात जनाको मृत्यु भएको पुष्टि भएसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ।

    मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

    मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ । यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ ।’

    मन्त्रालयले उनीहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ। परराष्ट्रले केही मित्र राष्ट्रहरू बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको पनि प्रष्ट पारेको छ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com