माघसम्ममा निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरे २२ अर्ब माथि कुल बीमाशुल्क, कुन कम्पनीको कति ?

माघसम्ममा निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरे २२ अर्ब माथि कुल बीमाशुल्क, कुन कम्पनीको कति ?

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • images
    images
    माघसम्ममा निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरे २२ अर्ब माथि कुल बीमाशुल्क, कुन कम्पनीको कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा निर्जिवन बीमा कम्पनीहरुले २२ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

    नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ बराबरको बीमा व्यवासाय गर्न सफल भएका हुन् । निर्जिवन बीमा कम्पनीहरुले १६ लाख ७१ हजार १ सय ६ वटा बीमा पोलिसी वापत उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

    यस समिक्षा अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com