पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी भू–भागमा आंशिक बदली

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी भू–भागमा आंशिक बदली

शुक्रवार, फागुन ४ २०८०
शुक्रवार, फागुन ४ २०८०
  • images
    images
    पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी भू–भागमा आंशिक बदली
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ।

    देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ। तराइका थोरै स्थानहरुमा हुस्सु लागेको विभागले जनाएको छ।


    आज शुक्रबार दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भुभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    रातको समय कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com