नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गरिने, पूर्व डेपुटी गभर्नर सिवाकोटीको संयोजकत्वमा बन्यो समिति

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गरिने, पूर्व डेपुटी गभर्नर सिवाकोटीको संयोजकत्वमा बन्यो समिति

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • images
    images
    नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गरिने, पूर्व डेपुटी गभर्नर सिवाकोटीको संयोजकत्वमा बन्यो समिति
    images
    images

    काठमाडौँ / सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले  नयाँ स्टक आवश्यकताबारे अध्ययन गराउन नेपाल राष्ट्र बैङ्कका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो।

     नेपालको पुँजीबजारको विकासको अवस्था तथा अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरी एकभन्दा बढी संगठित संस्थालाई स्टक एक्सचेञ्जको अनुमति दिनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने अध्ययन गर्ने कार्यादेश समितिलाई दिइएको छ ।

    समितिका सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य रहेका छन् । धितोपत्र बोर्डले गत चैतमा नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया सुरु गरेको भए पनि पटक पटक यो अवरुद्ध भएको थियो।

    सो समय बोर्डमा स्टक एक्सचेन्जका लागि तीन ओटा कम्पनीको आवेदन परेको थियो। धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको थियो।

    नयाँ स्टक ल्याउन आर्थिक चलखेल भएको भन्दै विरोध हुँदै आएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नै नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोकेका थिए। संघीय संसदको अर्थ समितिले समेत यो प्रक्रिया रोकेको थियो।

    पछि संघीय संसदको अर्थ समितिले गत तिहारको विदा हुनु एक दिन अघि नयाँ स्टक एक्सचेन्ज ल्याउन सकिने गरि बाटो खुला गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com