एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गत शाखा स्तरीय अर्धवार्षिक समीक्षा सम्पन्न

एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गत शाखा स्तरीय अर्धवार्षिक समीक्षा सम्पन्न

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • images
    images
    एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गत शाखा स्तरीय अर्धवार्षिक समीक्षा सम्पन्न
    images
    images

    काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ६ र ७ गते शनिबार आइतबार लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरूमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूका साथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीतिबारे बृहत छलफल भएको थियो ।  

    माघ ६ गते शनिबार लुम्बिनी प्रदेश सिद्धार्थ कटेज बुटवलमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक दिपक ढकाल, लुम्बिनी प्रदेशका ओभरसाइट अफिसर राकेश श्रेष्ठ, संस्थाका मानव संसाधन बिभाग प्रमुख सुजन ढकालको उपस्थिती रहेको संस्थाले जनाएको छ ।

    त्यस्तै, लुम्बिनी प्रदेशमा सञ्चालक समितीको तर्फबाट अध्यक्ष सुवर्ण पौडेल, संस्थाका सञ्चालक विभोर कुमार अग्रवाल साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने, लुम्बिनी प्रदेशका ओभरसाइट अफिसर उद्धव नेपालको उपस्थितीमा सिद्धार्थ होटेल नेपालगञ्जमा शनिबार सम्पन्न गरिएको थियोे ।

    कर्णाली प्रदेशमा भने माघ ७ गते आइतबार उक्त कार्यक्रम सुर्खेतको सिद्धार्थ होटेलमा संस्थाका सञ्चालक समितीका अध्यक्ष सुवर्ण ढकालको उपस्थितिमा सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपानेको उपस्थितीमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com