आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, पाहाडी क्षेत्रमा हल्का बर्षा

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, पाहाडी क्षेत्रमा हल्का बर्षा

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, पाहाडी क्षेत्रमा हल्का बर्षा

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

    images
    images

    यसका अतिरिक्त बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। साथै तराईका अधिकांश स्थानहरू हुस्सुरकुहिरोले ढाकेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

    मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशि देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

    देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको पनि उसले बताएको छ।

    राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 


    यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय