यो वर्षको एसईई परिक्षा चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने

यो वर्षको एसईई परिक्षा चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • यो वर्षको एसईई परिक्षा चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने

    काठमाडौँ / यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए ।

    images
    images

    ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ’ उनले भने, ‘माघको पहिलो हप्ता रुटिन निकाल्छौं।’ संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने भन्दै शर्माले अन्योलमा नपर्न आग्रह गरे । 

    यस्तै, अध्यक्ष शर्माले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले  एसईई प्रभावित नहुने उनले बताए ।यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

    यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म एसईईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय