हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्याशब्याक पाइने

हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्याशब्याक पाइने

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • images
    images
    हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्याशब्याक पाइने
    images
    images

    काठमाडौं / हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश वटा शाखामा हाम्रो पेमार्फत भुक्तानी गर्दा २०० रुपैयाँसम्मको क्यासब्याक दिने भएको हो । 

    हाम्रो पेका अनुसार यस्तो क्यासब्याक अफर १० प्रतिशत रहेको छ, जुन बढीमा २०० रुपैयाँसम्म हुनेछ । केही सातासम्म लागु हुने गरी ल्याइएको यो अफर प्राप्त गर्न हाम्रो पे वालेटमा केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ । 

    हिमालयन जाभाका ठमेल, मण्डला, सिभिल मल,  मार्कोपोलो, सुनाकोठी, बीएण्डबी, कुलेश्वर र नक्सालका आउटलेटमा यो अफरको फाइदा लिन सकिने बताइएको छ ।  

    भाटभटेनीमा समेत यतिखेर हाम्रो पेको स्पिन एन्ड विन (Spin and Win) अफर समेत चलिरहेको छ, जस अन्तर्गत प्रयोगकर्ताहरूले प्रत्यक भुक्तानीमा १०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । 

    हाम्रो पे डिजिटल वालेटका लागि छुट्टै एप डाउनलोड गरिरहनु  पर्दैन । हाम्रो पात्रो एपभित्रै उक्त डिजिटल वालेटको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com