माउन्टेन हाइड्रो नेपालको वार्षिक साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

माउन्टेन हाइड्रो नेपालको वार्षिक साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • images
    images
    माउन्टेन  हाइड्रो नेपालको वार्षिक साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
    images
    images

    काठमाडौँ / माउन्टेन  हाइड्रो नेपाल लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सोमबार कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । 

    अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । 

    भव्य र सभ्य रूपले सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/०८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरू)  माथि छलफल गरी पारित गरेको छ । त्यसैगरी सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ । 

    सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ति गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com