कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न, यी प्रस्तावहरू पारित

कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न, यी प्रस्तावहरू पारित

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • images
    images
    कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न, यी प्रस्तावहरू पारित
    images
    images

    काटमाठौँ / कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सम्पन्न भएको हो । 

    बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७९÷८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । 

    उक्त साधारण सभाले आ.व. २०८०÷०८१ को लेखापरीक्षण नियुक्ति गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

    साधारणसभामा सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । 

    शेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले शेयरधनीहरुको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने बताए । 

    उक्त सभामा उपस्थित शेयरधनीहरुलाई बैंक सञ्चालक समितिका सदस्य भिम प्रसाद तुलाचनले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो भने बैंकका कानुन विभाग प्रमुख डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com