बैङ्किङ प्रणालीमा अत्याधिक तरलता : ३५ अर्ब खिचेको भोलिपल्टै २० अर्ब तान्दै राष्ट्र बैङ्क

बैङ्किङ प्रणालीमा अत्याधिक तरलता : ३५ अर्ब खिचेको भोलिपल्टै २० अर्ब तान्दै राष्ट्र बैङ्क

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • images
    images
    बैङ्किङ प्रणालीमा अत्याधिक तरलता : ३५ अर्ब खिचेको भोलिपल्टै २० अर्ब तान्दै राष्ट्र बैङ्क
    images
    images

    काठमाडौँ / पछिल्लो समय बैङ्किङ प्रणालीमा अत्याधिक तरलता भएपछि राष्ट्र बैङ्कले दैनिक तरलता खिचिरहेको छ । केन्द्रीय बैङ्कले ३५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको भोलिपल्टै अर्था आज बिहीबार थप २० अर्ब रुपैयाँ तरलता तान्ने भएको हो । 

    हिजो बुधबार अर्थात मङ्सिर ११ गते मात्र राष्ट्र बैङ्कले ३५ अर्ब निक्षेप तानेको थियो । बैङ्क तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैङ्कले निक्षेप प्रशोचन गरिरहेको छ । 

    निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैङ्कले ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय बैङ्कले जनाएको छ । 

    इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यही पुस १९ गते हुनेछ । 

    राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर भन्दा अन्तर बैङ्क ब्याज दर कम भएपछि राष्ट्र बैङ्कले रिभर्स रिपो वा निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने गर्दछ ।

    गत साउन ७ मा जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैङ्कले निक्षेप सङ्कलन दर ४.५ प्रतिशत कायम गरेको थियो । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत त्यसलाई घटाएर ३ प्रतिशतमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com