वाणिज्य बैङ्कहरूले एक महिनामा कमाए ७ अर्ब बढी नाफा, नविलले सर्वाधिक कमाउँदा अरु बैङ्कले कति कमाए ?

वाणिज्य बैङ्कहरूले एक महिनामा कमाए ७ अर्ब बढी नाफा, नविलले सर्वाधिक कमाउँदा अरु बैङ्कले कति कमाए ?

नेपाल राष्ट्र बैकले प्रकाशित गरेको मासिक विवरणमा २० वाणिज्य बैङ्कहरुले कार्तिकमा ७ अर्ब २६ करोड २ लाख रुपैयाँ नाफा कमाएको देखिएको हो।

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • images
    images
    वाणिज्य बैङ्कहरूले एक महिनामा कमाए ७ अर्ब बढी नाफा, नविलले सर्वाधिक कमाउँदा अरु बैङ्कले कति कमाए ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को एक महिनामा अर्थात कात्तिक महिनामा मात्रै वाणिज्य बैङ्कहरुले ७ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। 

    नेपाल राष्ट्र बैकले प्रकाशित गरेको मासिक विवरणमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरुले कार्तिकमा ७ अर्ब २६ करोड २ लाख रुपैयाँ नाफा कमाएको देखिएको हो।

    गत असोज मसान्तसम्ममा यी बैङ्कहरूले १३ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका थिए। कार्तिक कसान्तसम्ममा बैङ्कहरूको नाफा बढेर २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ पुगेको छ।

    नविल बैंकको नाफा सर्वाधिक

    कात्तिक महिनामा नविल बैंक लिमिटेड सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकको भएको छ ।बैंकले कात्तिक मसान्तसम्ममा २ अर्ब १६ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ। असोजसम्ममा यस बैङ्कले १ अर्ब ४६ करोड नाफा कमाएको गियो । बैङ्कले कात्तिकमामा मात्रै ७० करोड नाफा कमाएको हो।

    अन्य कुन बैंकको कति ?

    ग्लोबल आइएमइ बैङ्कले कार्तिकसम्ममा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत असोजसम्ममा १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएकोमा कार्तिक महिनामा मात्रै ७२ करोड रुपैयाँ नाफा कमाएको हो। यो बैङ्क नाफाको हिसामा दोस्रो स्थानमा छ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले कार्तिकसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै, प्राइम बैङ्कले १ अर्ब ५३ करोड, हिमालयन बैङ्कले एक अर्ब ५० करोड, एनआइसी एशिया बैङ्कले १ अर्ब ३७ करोड, एनएमबि बैङ्कले १ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब २० करोड, एभरेष्ट बैङ्कले १ अर्ब ८ करोड र प्रभु बैङ्कले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन्।

    यस्तै, कार्तिकसम्ममा कृषि विकास बैंक २७ करोड रुपैयाँल घाटामा छ। तर यस बैङ्कले असोजको तुलनामा घाटा कम गर्दै लगेको छ। असोजसम्ममा ८८ करोड घाटामा रहेको बैंकले एक महिनामा ६० करोड घाटा कम गरेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com