४ महिनामा दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे एक करोडमाथि, कुनको कति ?

४ महिनामा दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे एक करोडमाथि, कुनको कति ?

बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • images
    images
    ४ महिनामा दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे एक करोडमाथि, कुनको कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को चार महिनामा लघु निर्जीवन बीमा कम्पनीले साढे एक करोडमाथि कुल बीमाशुल्क आर्जन गरेका छन् ।

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण तथ्याङ्क अनुसार निर्जीवन बीमालेखतर्फ साउनदेखि कात्तिकसम्म्मा सञ्चालनमा रहेका दुई लघु निर्जीवन बीमा कम्पनीले एक करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

    चार महिनामा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन हजार ४०५ बीमालेख जारी गरेर ६१ लाख रुपैयाँ आर्जन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई हजार २४५ बीमालेख जारी गरेर एक करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

    कार्तिक महिनामा मात्रै नेपाल माइक्रोले एक हजार ७३८ बीमालेख जारी गरेर ३० लाख ८५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ९४० बीमालेख जारी गरेर ४५ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । 

    कार्तिक महिनामा नेपाल माइक्रो इन्स्योरेन्सको कुल बीमाङ्क रकम १२ करोड २९ लाख छ भने प्रोटेक्टिभको कुल बीमाङ्क रकम ३२ करोड ४८ लाख रुपैयाँ छ । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार दुबैको कुल बीमाङ्क रकम ४४ करोड ७८ हजार छ ।

    यस्तै, लघु बीमालेखतर्फ नेपाल माइक्रोले पहिलो चार महिना अर्थात् कार्तिकसम्म तीन हजार ४०५ बीमालेख जारी गरेर ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभले दुई हजार २४५ बीमालेखबाट एक करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

    कार्तिक महिनामा मात्रै नेपाल माइक्रोले लघु बीमालेखतर्फ ३० लाख ८५ हजार र प्रोटेक्टिभले ४५ लाख १३ हजार कुल बीमाशुल्क आर्जन गरेका छन् । लघु बीमालेखतर्फ नेपाल माइक्रोको बीमाङक रकम १२ करोड २९ लाख र प्रोटेक्टिभको ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com