कामना सेवा विकास बैंकको बार्षिक साधारण सभा पुस १७ गते, बुक क्लोज कहिले ?

कामना सेवा विकास बैंकको बार्षिक साधारण सभा पुस १७ गते, बुक क्लोज कहिले ?

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • images
    images
    कामना सेवा विकास बैंकको बार्षिक साधारण सभा पुस १७ गते, बुक क्लोज कहिले ?
    images
    images

    काठमाडौँ / कामना सेवा विकास बैंकले १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    बैंक सञ्चालक समितिको सोमबार (मंसिर १८ गते) बसेको बैठकले वार्षिक साधारण सभा आउँदो पुस १७ गते आयोजना गर्ने निर्णय गरेको हो। 

    साधारण सभाका लागि बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ मंसिर २९ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

    बैंकले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ। उक्त आर्थिक वर्षका लागि बैंकले लाभांश प्रस्ताव गरेको छ। त्यसैले शेयरधनीहरुको हात खाली हुने भएको छ।

    उक्त आर्थिक वर्षको अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने बैंकले निर्णय गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com