अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा : ‘स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट’देखि ‘रिफ्रेसमेन्ट सेन्टर’सम्मको सुविधा

अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा : ‘स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट’देखि ‘रिफ्रेसमेन्ट सेन्टर’सम्मको सुविधा

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा :  ‘स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट’देखि ‘रिफ्रेसमेन्ट सेन्टर’सम्मको सुविधा

    काठमाडौँ / एक दशक भन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेजले ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको छ ।  युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य मुख्य शहरहरूमा विश्वस्तरीय कलेजहरू सञ्चालन गर्दै आएको यो समूहले युकेकै अर्को बहुचर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ बाट सम्बन्धन लिएर ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको हो । 

    images
    images

    काठमाडौँको तीनकुनेमा अवस्थित द लण्डन कलेजले बीएससी अनर्स कम्पयुटर साइन्समा ‘जनवरी इन्टेक’को लागि भर्नासमेत शुरु गरिसेको छ । बीएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको माग अनुसार अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने कलेजको दावी छ । 

    के छ फरक ?

    द लण्डन कलेजको पठनशैली नवीनतम् प्रविधिबाट सिर्जनात्मक किसिमले हुने कलेजले जनाएको छ । कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बासु वस्तीका अनुसार बजारमा के कस्तो सिप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको छ । 

    कलेजले विद्यार्थीको ‘वेल विइङ र वेल फिलिङ’ मा विशेष ध्यान दिने उनले बताए । “कलेजमा आधुनिक प्रणालीबाट विद्यार्थीको मूल्याङ्कन हुन्छ । नियमित रूपमा विद्यार्थीले सिकेको, पढेको कुरा प्रस्तुत गर्नुपर्ने हुन्छ,” उनले भने । 

    बढीभन्दा बढी प्रयोगात्मक हुने र त्यस्ता अभ्यासले विद्यार्थी स्वयंलाई प्रगति अथवा कमजोरीबारे थाहा पाउँछन् । यसकारण तीन घन्टा परीक्षाको कारण विद्यार्थीमा हुनसक्ने मानसिक तनावबाट मुक्त हुन्छन् । 

    उनका अनुसार कलेजले दिने ज्ञान, सीप बाहेक श्रमबजारमा जाँदा चाहिने अन्य आवश्यक सबै सिपसहितको दक्ष जनशक्ति उत्पादन हुन्छ । त्यसका लागि विभिन्न उद्योगहरूसँगको सहकार्य हुनेछ । विद्यार्थी संसारको जहाँ गएपनि यहाँको शैक्षिक प्रमाणपत्रको ‘रिकग्निसन भ्यालु’ उच्च हुन्छ । अर्को ‘भ्यालु फर मनी’ विद्यार्थीले जत्ति लगानी गरेको हुन्छ त्यस बराबरको ज्ञान, सीप, व्यवहार मार्फत प्राप्त गर्छन । ‘युज भ्यालु’ यो कोर्षले जहाँ सुकै गएपनि सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कलेजको दावी छ । 

    क्याम्पसकी प्रबन्ध निर्देशक सविता पाठक कलेजले पढाइ सकेर निस्किएर श्रम बजारमा जाँदा त्यहाँ कार्यरत अनुभवी जनशक्तिसँग तत्काल प्रतिस्पर्धी भएर काम गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने दाबी गरिन् । भन्छिन् “श्रम बजारलाई चाहिए अनुसारको जनशक्ति उत्पादन गर्छौँ, हाम्रो कलेजबाट निस्कने विद्यार्थी यत्ति माझिएका हुन्छन् कि तत्काल अनुभवी जनशक्तिसँग प्रतिस्पर्धी भएर काम गर्न सक्छन ।” पार्टनरसीप भएका उद्योगहरूसँग पढ्दा पढ्दै विद्यार्थीहरू जागिर पाउन सक्छन् ।

    के छ सुविधा ?

    विश्वको उत्कृष्ट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले नेपाली विद्यार्थीलाई नेपालमा नै बसेर सूलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको शिक्षा प्रदान गर्नेछ । आधुनिक लाइब्रेरी, ई–लाइब्रेरी, कम्प्युटर ल्याब, सफा र सुविधा सम्पन्न कक्षाकोठाको सुविधा छ । 

    विद्यार्थीलाई एकोहोरो पाठ्यक्रम सम्बन्धित पठनपाठनबाट दिक्क नहोस् भन्नका लागि अतिरिक्त क्रियाकलापको लागि ‘रिफ्रेसमेन्ट सेन्टर’हरू रहेको कलेजले जनाएको छ । समा संगीतका लागि गिटारको उपलब्धता, जीम सेन्टर, पुल हाउस, क्याफे लगायतको सुविधा प्राप्त गर्नेछन् । 

    विद्यार्थीलाई पर्ने विभिन्न खालको समस्या समाधानका लागि ‘स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट’ छ । यो डिपार्टमेन्टले विद्यार्थीको के विषयसँग सम्बन्धित समस्या हो त्यहि विषयसँग सम्बन्धित रहेर तत्काल समस्या समाधान गर्ने प्रयास गर्छ । 

    विद्यार्थीको मनोपरामर्शका लागि आवश्यकता अनुसार परामर्शकर्ताहरूको उपलब्धा हुन्छ । क्याम्पसकी प्रबन्ध निर्देशक पाठक भन्छिन् “विदेशी विश्वविद्यालयहरूले गुणस्तरीय जनशक्ति उत्पादन गर्न विद्यार्थीका लागि जे जस्ता सेवा, सुविधाहरू दिइरहेका छन् हामीले पनि त्यहीँ सेवा, सुविधा दिने प्रयत्नमा छौँ ।’’

    विशेष छात्रवृत्तिको व्यवस्था

    कलेजले विद्यार्थीको लागि विशेष खालको छात्रवृत्ति सुविधा राखेको छ । कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्न मध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुती दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रुपमा योगदान गरिरहेका (खेलाडी, एथलेट) लगायत विभिन्न क्षेत्रलाई समेटेर विशेष छात्रवृत्ति प्रदान गर्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय