तेह्रथुम पावरको बार्षिक साधारणसभा पुस २१ गते, १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने

तेह्रथुम पावरको बार्षिक साधारणसभा पुस २१ गते, १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • images
    images
    तेह्रथुम पावरको बार्षिक साधारणसभा पुस २१ गते, १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
    images
    images

    काठमाडौँ / तेह्रथुम पावर कम्पनीले छैटौँ वार्षिक साधारणसभा डाकेको छ।

    कम्पनीको मंसिर १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २१ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौँको बत्तीसपुतलीस्थित कम्पनीको कार्यालयमा मध्याह्न १२ः३० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।

    सभाले कम्पनीको चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०७९/८० को कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय विवरण स्वीकृत गर्नेछ।

    नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा संशोधन र परिवर्तन गर्ने सम्पूर्ण कार्य गरी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    वार्षिक साधारणसभाका लागि कम्पनीले मंसिर २८ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। मंसिर २८ गतेभन्दा अगाडि कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com