आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • images
    images
    आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता
    images
    images

    काठमाडौँ / आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र सिद्धि स्मृति प्रतिष्ठानबिच सम्झौता भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । 

    उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका संचालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरे । 

    यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ । 

    साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com