महालक्ष्मी विकास बैङ्कले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने, महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी

महालक्ष्मी विकास बैङ्कले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने, महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • images
    images
    महालक्ष्मी विकास बैङ्कले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने, महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडले महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैङ्कले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक  बगैँचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । 

    महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरूलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पु¥याउने उद्देश्यले बैङ्कले उक्त बगैँचा मर्मत गर्नका लागि उक्त सम्झौता गरेको हो । बैङ्कले २०७७ सालमा बगैँचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ । 

    बैङ्कले इच्छुक दर्शनार्थीहरूलाई मन्दिरमा डिजिटल दान÷भेटी प्रदान गर्न सहजता पु-याउने हेतुले क्युआर कोडको व्यवस्था गरेको छ । 

    महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरूषोत्तम ढुङ्गाना र बैङ्कको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका थिए । 

    आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैङ्कले जनाएको छ ।

    विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैङ्कले आम ग्राहकहरूको बैङ्किङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com