दुई करोड २२ लाख भन्दा बढिले चलाउँछन् मोबाइल बैंकिङ एप

दुई करोड २२ लाख भन्दा बढिले चलाउँछन् मोबाइल बैंकिङ एप

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • images
    images
    दुई करोड २२ लाख भन्दा बढिले चलाउँछन् मोबाइल बैंकिङ एप
    images
    images

    काठमाडौँ / पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १६ प्रतिशत बढेका छन्।

    तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ। अघिल्लो वर्ष असोजसम्म यो संख्या १ करोड ९१ लाख २ हजार ६५२ थियो।

    मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भएसँगै यता कारोबारमा समेत वृद्धि भएको छ । असोजसम्म मोबाइल बैंकिङबाट ३ करोड २७ लाख ७२ हजार बढी कारोबारमार्फत २ खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। 

    अघिल्लो वर्षको सोहि अवधिसम्म मोबाइल बैंकिङबाट २ करोड ९ लाख ९ हजार ३६१ वटा कारोबारमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो।

    यता, मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको भएता पनि इन्टरनेट बैंकिङ प्रयोगकर्ता भने घटेको छ । यो वर्षको असोजसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ६.४५ प्रतिशतले घटेर  १६ लाख २५ हजार ९ मा झरेको छ। अघिल्लो वर्ष असोजसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ३७ हजार ८०३ थियो

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com