सामाजिक सञ्जाल निर्देशिका : फेक आइडीबाट कन्टेन्ट उत्पादन, कमेन्ट र सेयर गर्न नपाइने (निर्देशिका पूर्णपाठसहित)

सामाजिक सञ्जाल निर्देशिका : फेक आइडीबाट कन्टेन्ट उत्पादन, कमेन्ट र सेयर गर्न नपाइने (निर्देशिका पूर्णपाठसहित)

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • images
    images
    सामाजिक सञ्जाल निर्देशिका : फेक आइडीबाट कन्टेन्ट उत्पादन, कमेन्ट र सेयर गर्न नपाइने (निर्देशिका पूर्णपाठसहित)
    images
    images

    काठमाडौँ / नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित निर्देशिका बनाएको छ । 

    सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० अनुसार अब सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ ।

    पहिलेदेखि नै सञ्चालनमा रहेका कम्पनीहरू तीन महिनाभित्र सूचीकृत भइसक्नुपर्नेछ । अन्यथा, सरकारले ती कम्पनीको सञ्चालनमा रोक लगाउन सक्नेछ । त्यस्ता कम्पनीहरूले प्रत्येक तीन वर्षमा नवीकरण गर्नुपर्ने दिर्नेशिकामा उल्लेख छ ।

    यस्तै, अबदेखि सामाजिक सञ्जालमा ‘फेक आइडी’ खोलेर कन्टेन्ट क्रियट समेत गर्न नपाउने र सेयर तथा कमेन्ट समेत गर्न नपाइने व्यवस्था निर्देशिकामा छ ।

    निर्देशिकामा लेखिएको छ, ‘बेनामी वा छदमभेषी पहिचान (फेक आइडी), पेज वा समूह सिर्जना गरेर विषयवस्तु उत्पादन, सेयर वा अरूको विषयमा कमेन्ट गर्न पाइनेछैन ।’ यस्तै, व्यक्ति, समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्थामा प्रभाव पर्ने गरी समेत विषयवस्तु बनाउन नहुने व्यवस्था गरिएको छ ।

    कुनै व्यक्ति तथा समूहप्रति घृणा फैलाउने र सामाजिक सद्भाव बिगार्ने सामग्री वा ट्रोल समेत प्रकाशन गर्न पाइँदैन । बालश्रम, बहुविवाह, बालविवाह, जातीय छुवाछूतलगायत कानूनले वर्जित गरेका क्रियाकलापलाई प्रोत्साहन गर्न नपाइने निर्देशिकामा उल्लेख छ ।

    निर्देशिकाले रोक लगाएका अन्य कार्यहरू निम्न अनुसार छन्;

    – सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो तथा भिडिओ बिना अनुमतिबिना खिचेर सम्पादन, प्रकाशन र प्रसारण गर्ने ।

    – अश्लील शब्द, तस्विर, अडियो, भिडिओ एनिमेसन प्रकाशन प्रसारण वा सोको समर्थनमा कमेन्ट गर्ने ।

    – बालबालिकालाई हानी पुर्‍याउने सामग्री तथा बाल यौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार लगायत निषेध गरिएका क्रियाकलापलाई प्रोत्साहन गर्ने ।​

    – मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमोड गरी प्रकाशन वा प्रसारण गर्ने ।

    – साइबर बुलिङः प्रविधिको प्रयोग मार्फत अन्य व्यक्तिलाई प्रोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गाली गलौच गर्ने, गलत सूचना सम्प्रेषण गर्ने लगायतका कार्य ।

    – लागू औषध सेवन तथा कारोकारलाई प्रोत्साहन गर्ने ।

    – जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्ने ।

    – आतङ्कवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्ने ।

    – वैयक्तिक गोपनीयता भङ्ग गर्ने ।

    – सामाजिक सञ्जाल प्रयोग गरी कसैको आईडी वा सूचना ह्याक गर्ने ।

    – सामाजिक सञ्जाल प्रयोग गरी फिशिङ, इम्पोस्टर लगायतका कार्य गर्ने ।

    – बीभत्स तस्विर, भिडिओ पोस्ट वा शेयर गर्ने ।​

    – कानूनले निषेध गरेका विषयवस्तुको विज्ञापन तथा कारोबार गर्ने ।​

    – कानूनले निषेध गरेका क्रियाकलाप नक्कल गर्ने तथा शेयर गर्ने । 

    सामाजिक सञ्जाल निर्देशिकाको पूर्ण पाठ

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com