कात्तिकमा उठ्यो २७ अर्ब ५६ करोड भन्सार राजश्व, लक्ष्यको ५३.३४ प्रतिशत मात्रै

कात्तिकमा उठ्यो २७ अर्ब ५६ करोड भन्सार राजश्व, लक्ष्यको ५३.३४ प्रतिशत मात्रै

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • images
    images
    कात्तिकमा उठ्यो २७ अर्ब ५६ करोड भन्सार राजश्व, लक्ष्यको ५३.३४ प्रतिशत मात्रै
    images
    images

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनामा विभागले लक्ष्यको ५३.३४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कात्तिक महिनामा दशैं र तिहारको बिदा एकै महिनामा परेको हुनाले लक्ष्यभन्दा कम राजस्व संकलन भएको भन्सार अधिकारिहरू बताउछन् । 

    विभागले कात्तिक महिनामा ५२ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा २७ अर्ब ५६ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको हो । जुन लक्ष्यको लक्ष्यको ५३.३४ प्रतिशत मात्रै हो । 

    यता, कात्तिकमा भन्सार राजस्व संकलन मात्रै नभई भन्सार महसुल पनि ह्वात्तै घटेको छ। विभागले कार्तिक महिनामा २३ अर्ब ८७ करोड महसुल संकलन गरेको छ। यो लक्ष्यको तुलनामा ४५.६९ प्रतिशत मात्रै हो। यो महिनामा विभागले ५२ अर्ब २४ करोड महसुल संकलन गर्ने लक्ष्य लिएको थियो।

    विभागले कात्तिकमा १९ अर्ब ८० करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राखेकोमा १२ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै, ५ अर्ब २ करोड रुपैयाँ अन्तस्शुल्क उठाउने लक्ष्य राखेको विभागले २ अर्ब २१ करोड रुपैयाँ, १ अर्ब ५ करोड रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर उठाउने लक्ष्य राखेको विभागले ४१ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको हो ।

    यस्तै, चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभागले १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । चार महिनाका लागि सरकारले १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६९.०३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।

    असोज महिनाको अन्तिमसम्ममा १ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य तय भएको थियो । तर, १ खर्ब ८ अर्ब रुपैयाँमात्रै राजश्व संकलन भएको थियो । जुन, लक्ष्यको ७४ प्रतिशत हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com