पहिलो त्रैमाससम्ममा सन लाइफ इन्स्योरेन्सको नाफा १६ करोड ५३ लाख , अन्य सूचक कस्तो ?

पहिलो त्रैमाससम्ममा सन लाइफ इन्स्योरेन्सको नाफा १६ करोड ५३ लाख , अन्य सूचक कस्तो ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • images
    images
    पहिलो त्रैमाससम्ममा सन लाइफ इन्स्योरेन्सको नाफा १६ करोड  ५३ लाख , अन्य सूचक कस्तो ?
    images
    images

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीको नाफा १.८१ प्रतिशतले वृद्धि हुँदै १६ करोड ५३ लाख पुगेको छ।  गत आर्थिक वर्ष सोही अवधिमा नाफा १६ करोड २३ लाख रुपैयाँ थियो ।

    ३ महिनाको अवधिमा कम्पनीले ९४ करोड ४६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले ९ करोड ३२ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने ८५ करोड १३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १० दशमलव ६६ प्रतिशतले घट्दा खुद बीमा शुल्क आर्जन सामान्य मात्र घटेको छ । त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत ८ करोड ३ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड ८३ लाख खर्च गरेको थियो ।

    ३ अर्ब २० करोड चुक्ता पुँजी भएको कम्पनीको शेयर प्रिमियममा १ अर्ब २६ करोड  रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निस्काशन गरेकाले सो शीर्षकमा रकम संचित भएको हो । असार मसान्तको तुलनामा कम्पनीको संचित मुनाफा १७.४७ प्रतिशतले वृद्धि हुँदै ९२ करोड ९८ लाख संचित भएको छ । त्यस्तै अन्य इक्वीटी ३१ करोड ०४ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा ५ दशमलव ७८ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष ५ अर्ब ६७ करोड थियो ।

    प्रकाशित विवरण अनुसार  कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ ६७ पैसा र प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ ७३ पैसा छ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com