आज यी चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

आज यी चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

मंगलवार, कार्तिक २८ २०८०
मंगलवार, कार्तिक २८ २०८०
  • images
    images
    आज यी चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

    आज मङ्गलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतयाः सफा रहनेछ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बुधबार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार कोशी लगायत देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com