सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव

सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव

    सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई-कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम आयोजना गर्दै आएको छ। सोही कार्यक्रमको लागि यस वर्ष पनि १० जना नेपाली विद्यार्थीहरू सहभागी हुन पाएका थिए।

    images
    images

    यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्व-स्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृति बुझ्न अवसर प्रदान गरेको छ। यसैबीच विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गरे। त्यहाँको कक्षाहरूमा संलग्न भए। र, विभिन्न गतिविधिमा भाग लिने मौका पाए।

    विद्यार्थीसँगै सफ्टवारिका कलेजको व्यवस्थापन टोलीको पनि सक्रिय सहभागिता थियो। यस भ्रमणको क्रममा विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाँउहरू जस्तै, बेलायतको रोचक शहरहरू र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरू घुम्ने मौका पाए।

    सफ्टवारिका कलेजका क्याम्पस प्रमुख श्री प्रमोद पौडेलका अनुसार आफ्ना विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरूको बुद्धि विकासको लागि निकै महत्त्वपूर्ण छ। यस कार्यक्रममा सहभागी विद्यार्थीहहरूले आफूमा प्रतिभा मात्र नभई प्रस्तुतीकरण, सीप र पारस्परिक सिकाई भएको कुरामा जोड दिए।

    सफ्टवारिका कलेजले आगामी दिनहरूमा पनि यस्ता विश्वव्यापी कार्यक्रम आयोजना गरिरहने जनाएको छ। कलेजका अनुसार उनीहरूले भ्रमणको समयमा विद्यार्थीहरूलाई हवाई भाडा र आवास खर्च उपलब्ध गराएका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय