नेप्से परिसूचक २८.१८ अंकले गिरावट, ७३ करोड ९८ लाख रुपैयाँ बराबरको खरिद-बिक्री

नेप्से परिसूचक २८.१८ अंकले गिरावट, ७३ करोड ९८ लाख रुपैयाँ बराबरको खरिद-बिक्री

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • नेप्से परिसूचक २८.१८ अंकले गिरावट, ७३ करोड ९८ लाख रुपैयाँ बराबरको खरिद-बिक्री

    काठमाडौं / साताको पहिलो कारोबार तथा दशैंपछिको पहिलो कारोबारको लिन सेयर बजार मापक नेप्से परिसूचकमा २८.१८ अंकले गिरावट आएको छ।  

    images
    images

    आइबार नेप्से परिसूचक २८.१८ अंक घटेर १८७५.६५ बिन्दुमा झरेको हो। त्यस्तै, नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ५.१६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंकले घटेको छ।

    आइतबार कारोबारमा आएका २८३ कम्पनीको २७ लाख ४ लाख हजार कित्ता सेयर ७३ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको खरिद-बिक्री भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ। दशैँअघिको अन्तिम कारोबारका दिन करिब १ अर्ब बराबर सेयर कारोबार भएको थियो।

    नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.६८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, विकास बैंक, वित्त,बैंक, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

    आइबार नेप्से परिसूचक २८ अंकले गिरावट भए पनि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य ८.९९ प्रतिशत बढेको छ। त्यस्तै, सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने बीपीडब्लू लघुवित्तको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।

    यता यसोनापुर मिनरल्स एण्ड आयलको सेयर मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार नेसनल हाइड्रोपावर कम्पनीको ४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय