नेपाल वेयर हाउजिङको आजदेखि आइपीओ बिक्री खुला, वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन सक्ने

नेपाल वेयर हाउजिङको आजदेखि आइपीओ बिक्री खुला, वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन सक्ने

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • नेपाल वेयर हाउजिङको आजदेखि आइपीओ बिक्री खुला, वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन सक्ने

    काठमाडौँ / नेपाल वेयर हाउजिङ कम्पनीले आज (कात्तिक १० गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री खुला गरेको हो । 

    images
    images

    कम्पनीले २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई खुला गरिने कम्पनीले जनाएको छ ।

    वैदेशिक रोजगारीमा रहेकाले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    लगानीकर्ताले मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस (आइएस)’ रेटिङ दिएको छ ।नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ । 

    कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।कम्पनीको आन्तरिक प्रतिफल दर १५.१९ प्रतिशत रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६५ वर्ष रहेको छ ।

    गत असार मसान्तसम्म यो कम्पनी प्रतिसेयर ८.८७ रुपैयाँ नोक्सानमा रहेको थियो भने चालु आर्थिक वर्षमा प्रतिसेयर ५.५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ हुने प्रक्षेपण छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय