सानिमा बैंकको चाडपर्व लक्षित योजना, डिजिटल प्रणाली मार्फत भुक्तानी गर्दा छुट तथा क्यास ब्याक पाइने

सानिमा बैंकको चाडपर्व लक्षित योजना, डिजिटल प्रणाली मार्फत भुक्तानी गर्दा छुट तथा क्यास ब्याक पाइने

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • images
    images
    सानिमा बैंकको चाडपर्व लक्षित योजना, डिजिटल प्रणाली मार्फत भुक्तानी गर्दा छुट तथा क्यास ब्याक पाइने
    images
    images

    काठमाडौँ / सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि “Made In Nepal” चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा क्यास ब्याकको व्यवस्था गरेको छ ।

    उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द« तथा प्रतिनिधिहरुसँग बैंकले सहकार्य गरेको हो । यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।

    यो योजना २०८० आश्विन २७ देखि २०८० मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४० प्रतिशतसम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको क्यास ब्याक लाभ लिन सकिने बैंकले जनाएको छ । मर्चेन्टहरुको सूची र छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet  मा उपलब्ध छ । 

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । यसै गरी, सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरमा विभिन्न छुटहरु प्राप्त गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com