१८७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, यस्तो छ पहिलो त्रैमाससम्मको वित्तीय अवस्था

१८७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, यस्तो छ पहिलो त्रैमाससम्मको वित्तीय अवस्था

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • images
    images
    १८७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, यस्तो छ पहिलो त्रैमाससम्मको वित्तीय अवस्था
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म कामना सेवा विकास बैंकको नाफा ह्वातै बढेको छ । यसअवधिसम्ममा बैंकको खुद नाफा १८७.५८ प्रतिशतले बढेर ११ करोड ९५ लाख २१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ४ करोड १५ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा बैंकले ४९ करोड ९ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५२ करोड २२ लाख रुपैयाँ थियो। पहिलो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी भने ६.०१ प्रतिशतले घटेको छ। 

    यता बैंकको खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेयरमेन्ट चार्चको लागि छुट्याईएको रकम घटेपछि बैंकको नाफा ह्वातै बढेको हो । बैंकले अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जको लागि २५ करोड ६५ लाख छुट्याएकोमा चालु आवमा ९ करोड ५२ लाख मात्र छुट्याएको छ ।

     समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा २०३.३३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५ करोड ९३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १८ करोड रुपैयाँ पुगेको छ। यस्तै, बैंकको वितरणयोग्य मुनाफा २ करोड ५६ लाख रुपैयाँ रहेको छ। 

    पहिलो त्रैमासमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ३.४८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.४० प्रतिशत थियो। बैंकले खराब कर्जा मेन्टेन गर्न प्रोभिजनका रुपमा ९ करोड ५२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। 

    समीक्षा अवधिमा बैंकले ५४ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४७ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। 

    चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँको बैंकको रिजर्भको आकार ८.५९ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४० करोड रुपैयाँ थियो। 

    बैंकको वार्षिककृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १४.५७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ५.२९ रुपैयाँ थियो। पीई रेसियो २०.५१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७.१८ रुपैयाँ रहेको छ। 

    1.png

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com