images
Logo
images

सिजी ब्रुअरीमा बोनसलाई लिएर हँगामा, कम्पनीले मजदुरलाई भन्यो – अनाधिकृत माग राखी अराजक गतिविधि गरे सह्य हुँदैन

सिजी ब्रुअरीमा बोनसलाई लिएर हँगामा, कम्पनीले मजदुरलाई भन्यो – अनाधिकृत माग राखी अराजक गतिविधि गरे सह्य हुँदैन

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • सिजी ब्रुअरीमा बोनसलाई लिएर हँगामा, कम्पनीले मजदुरलाई भन्यो – अनाधिकृत माग राखी अराजक गतिविधि गरे सह्य हुँदैन

    काठमाडौँ / सिजी ब्रुअरीले बोनसको विषयलाई लिएर मजदुरहरूले गरेको अराजक गतिविधिहरूप्रतिशत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्युन क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा बु्रअरीमा कार्यरत मजदुरहरूले वोनसलाई लिएर अराजक गतिविधि देखाएको भन्दै कानुनी कारवाही गर्ने चेतावनीसमेत दिएको छ । 

    images
    images

    बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, “अनाधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय छन् । र, यस्ता गैर कानूनी क्रियाकलापको समाधान कानून बमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको जानकारी गराईन्छ ।”

    अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भिर नकारात्मक असर सीजी ब्रुअरीमा परेको छ । अघिल्लो बर्षको तुलनामा सीजी बु्रअरीका उत्पादनको बिक्रीमा २५ प्रतिशतले ह्रास आएको छ ।

    यस्तो अवस्थामा कम्पनीले आफ्ना मजदुर/कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको कम्पनीको जिकिर छ । तर, कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रूपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनिय भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमार्फत सीजी ब्रुअरीले आफ्ना मजदुर÷कर्मचारीका लागि उत्कृष्ट सेवा सुविधाहरू उपलब्ध गराउँदै गरेको छ ।
     
    सोही कारण विगतमा समग्र औद्योगिक सम्वन्ध बिग्रिएको अवस्थामा समेत सीजी इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदुरबिचको सौहाद्रपूर्ण वातावरण देशकै उदाहरणका रूपमा लिने गरिएको कम्पनीको भनाई छ । सिजी ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदुर÷कर्मचारीलाई विगत बर्षहरूमा छ महिनासम्मको बोनस वितरण गरेको सिजी ब्रुअरीको दावी छ ।

    विज्ञप्तिमा भनिएको छ, “आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमद्वारा अगाडि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालयहरू तोडफोड गर्ने लगायतका अराजक गतिविधिहरू शैह्य नहुने ब्यहोरा स्पष्ट रुपमा जानकारी गराईन्छ ।”

    देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमता ८० प्रतिशतसम्मले गिरावट आएको तथ्याङ्क छ । यस पृष्ठभुमिमा देशमा औद्योगिक सम्वन्ध खराब अवस्थातर्फ उन्मुख रहेको स्पष्ट हुने र भविष्यमा देशमा औद्योगिक उत्पादनमा योगदान पु¥याएका उद्यमीहरू थप समस्यामा पर्ने देखिन्छ । 

    यस्तो परिस्थितीप्रति गम्भिर बन्न, औद्योगिक सम्वन्धलाई सुमधुर कायम राख्न, उश्रृंखल गतिविधिहरूलाई कानूनी दायरामा ल्याउन र कठिन परिस्थितीमा पनि उत्पादनलाई निरन्तरता दिएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याईरहेका उद्यमीहरूको मनस्थितीलाई थप कमजोर हुनबाट जोगाउनका लागि सम्वन्धित निकायहरू गम्भिर बन्न जरुरी रहेको कम्पनीको भनाइ छ । 

    हतोत्साहित बनिसकेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहनसमेत कम्पनीले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय