कामना सेवा विकास बैंक र नेपाल पेमेण्ट सोलुसनबिच अन्तर बैंक रकमान्तर सेवा सम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक र नेपाल पेमेण्ट सोलुसनबिच अन्तर बैंक रकमान्तर सेवा सम्बन्धी सम्झौता

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • images
    images
    कामना सेवा विकास बैंक र नेपाल पेमेण्ट सोलुसनबिच अन्तर बैंक रकमान्तर सेवा सम्बन्धी सम्झौता
    images
    images

    काठमाडौँ / कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसनबिच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको सुरुवात गरेको छ । 

    उक्त सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोवाइल बैंकिङ प्रयोगकर्ताहरूले आफ्नो मोवाइल बैंकिङ एपभित्र रहेको इन्स्टा फण्ड ट्रान्सफरमार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्क वापत मात्र १ रुपैयाँ लाग्नेछ । 

    यो योजना २०८० कार्तिक १ गतेदेखि लागु भई पुस मसान्तसम्म लागु हुने बैंकले जनाएको छ । नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकवाट स्वीकृति लिई भुक्तानी सेवा प्रदायकको रूपमा सेवा प्रदान गरिरहेको छ । 

    बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com