दुई महिनामा धितोपत्र बजार पुँजीकरण साढे २९खर्ब माथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?

दुई महिनामा धितोपत्र बजार पुँजीकरण साढे २९खर्ब माथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • images
    images
    दुई महिनामा धितोपत्र बजार पुँजीकरण साढे २९खर्ब माथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दुई महिनामा नेप्से सूचकाङ्क १९१०.४ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय तथ्याङ्क अनुसार भदौँ मसान्तसम्ममा नेप्से सूचकाङ्क १९१०.४ कायम भएको जनाएको हो । 

    यस्तै, साउन मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक बर्षको सोहि अवधीसम्ममा बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

    दुई महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८२ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य
    समूहका रहेका छन् । गत आर्थिक बर्षको साहि अवधीसम्ममा सूचीकृत कम्पनीहरूको संख्या २३९ रहेको थियो ।

    सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.२
    प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा ११.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.८ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा भदौ मसान्तमा सूचीकृत ७ अर्ब ६३ करोड शेयर संख्याको चुक्ता मूल्य ७ खर्ब ५३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा १७ अर्ब ३२ करोड रुपैयाँ बराबरको साधारण शेयर, १ अर्ब २० करोड रुपैयाा बराबरको हकप्रद शेयर र ८२ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर गरी कुल १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

    समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण शेयर, १ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र १ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर गरी कुल ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com