विश्व दृष्टि दिवस मनाइयो, नेत्रज्योतिको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम

विश्व दृष्टि दिवस मनाइयो, नेत्रज्योतिको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • विश्व दृष्टि दिवस मनाइयो, नेत्रज्योतिको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम

    काठमाडौँ / नेपाल नेत्रज्योति संघले विश्वभरी नै ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने मुल नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ  । सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आइएकोमा यस बर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व दृष्टि दिवस मनाइएको हो । 

    images
    images

    विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरूका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरू प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता सङ्गठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन फर द ब्लाइन्डनेस (आईएपिबी)ले संयुक्त रूपमा मनाउन सुरु गरेको हो । 

    नेपाल नेत्रज्योति संघले विगतमा जस्तै यो बर्षपनि आँखा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गर्दै विश्व दृष्टि दिवस मनाएको छ । संघ अन्तर्गतका २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरूले देशैभरी विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरूको आँखा जाँचसहित विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइएको हो ।

    संघले दृष्टिदिवसकै अवसरमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगिता समेत आयोजना गरेको थियो भने, काठमाडौँको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा रहेका डिजिटल बोर्डहरुमा समेत जनचेतना मुलक भिडियो प्रसारण गरिरहेको छ ।

    टिकटक प्रतियोगितामा पौडेल प्रथम

    दृष्टिदिवसका अवसरमा नेपाल नेत्रज्योति संघले आई केयर फाउन्डेशनको सहयोगमा आयोजना गरेको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम भएका छन् । संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा पौडेल प्रथम भएका हुन ।

    त्यस्तै टिकटक प्रतियोगितामा शान्ति थापा द्वितीय भएकी छन् भने सन्जु गुप्ता तृतीय भएकी छन् । संघले पछि एक कार्यक्रमको आयोजना गरि विजेतालाई पुरस्कृत गरिनेछ । प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतियलाई २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानित गरिनेछ ।

    प्रतियोगिताको घोषणा गर्दा उत्कृष्ट एकलाई नगद ५० हजार सहित पुरस्कृत गर्ने घोषणा गरिएको भएता पनि प्रतियोगितामा प्रतियोगीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ । 

    आगामी दिनहरूमा समेत उनीहरूलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक भिडियो बनाउन प्रोत्साहित गर्ने उद्देश्यले दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कृत गर्न लागिएको  बताउँछन् संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्र ।

    संघका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले आयोजना गरिएको टिकटक भिडियो प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बृद्धि गरी नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारणमा हातेमालो गर्न आग्रह समेत गरे ।  

    वि.स. २०३५ सालमा एक गैर नाफामूलक गैरसरकारी संस्थाका रूपमा स्थापना भएको नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरूमार्फन नेपाली नागरिकहरूलाई सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।

    विश्वमै सबैभन्दा ठुलो आँखा उपचार सेवाको सञ्जालका रुपमा रहेको नेपाल नेत्रज्योति संघले नेपालमा प्रवाह हुन आँखा उपचार सेवाको करिब ९० प्रतिशत हिस्सा ओगटेको छ । बार्षिक उपचार हुने बिरामीको संख्याका हिसाबले हेर्दा पनि नेपाल नेत्रज्योति संघ विश्वमै दोस्रो स्थानमा देखिन्छ ।

    स्थापनादेखि हालसम्म संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

    संघका केन्द्रिय अध्यक्ष प्रा.डा. चेतराज पन्तले बढदो जनसंख्या बृद्धिदर, औसत आयुमा बृद्धि, प्रविधिको अत्यधिक प्रयोग, वातावरणीय जोखिमयुक्त बसोबास, आधुनिक खानपान आदि कारणबाट आँखा स्वास्थ्यमा पर्न जाने नकारात्मक असर र उत्पन्न हुने नयाँ नयाँ आँखा रोगको निवारणका लागि संघ आजको यस महत्त्वपूर्ण दिनमा हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारीको भावना सहित अझ बढि प्रभावकारी, स्तरीय र सहज पहुँचयुक्त आँखा स्वास्थ्य सेवाको माध्यमबाट आम नेपालीको दृष्टि रक्षामा जुटिरहने प्रतिवद्धतासमेत व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय