नेप्से परिसूचक २.१६ अङ्कले घट्यो, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

नेप्से परिसूचक २.१६ अङ्कले घट्यो, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • नेप्से परिसूचक २.१६ अङ्कले घट्यो, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

    काठमाडौँ / कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो ।

    images
    images

    आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७० करोड एक लाख २९ हजार आठ सय १५ बराबरको कारोबार भएको छ । कारोबार पछि कूल बजार पुँजीकरण रू २८ खर्ब ७२ अर्ब नौ करोड ९७ लाख ५७ हजार चार सय ९३ कायम भएको छ ।

    आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढ्दा अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक तीन प्रतिशत, निर्जीवन बीमा समूह एक दशमलव ५२ प्रतिशत र जलविद्युत् समूहको उपसूचक एक दशमलव ५९ प्रतिशतले घटेको छ ।

    आजको कारोबारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । जसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मध्य सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै मूल्य घट्नेमा भने सिटी होटल लिमिटेडको शेयर मूल्य नौ दशमलव ०९ प्रतिशतले घटेको हो ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैङ्क लिमिटेड प्रमोटर शेयर रू १६ करोड ३८ लाख ४८ हजार चार सय बराबरको १६ लाख ३८ हजार चार सय ८४ कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय