प्रभु सेलेक्ट फण्डद्वारा ईकाईधनीहरुलाई ९.५० प्रतिशतले प्रतिफल वितरण

प्रभु सेलेक्ट फण्डद्वारा ईकाईधनीहरुलाई ९.५० प्रतिशतले प्रतिफल वितरण

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • प्रभु सेलेक्ट फण्डद्वारा ईकाईधनीहरुलाई ९.५० प्रतिशतले प्रतिफल वितरण

    काठमाडौँ / प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले यस वर्षको प्रतिफल वितरण गरेको छ । 

    images
    images

    कम्पनीले यस वर्ष कर समेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गरेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले असोज १२ गते एक दिन बुक क्लोज गरेको थियो । 

    बुक क्लोजको आधारमा असोज १२ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूको बैंक खातामै प्रतिफल वितरण गरिएको जानकारी योजनाले गराएको हो । यसर्थ आफ्नो बैंक खातामा प्रतिफल जम्मा भए नभएको एकिन गर्न समेत योजनाले अनुरोध गरेको छ । 

    बैंक खातामै प्रतिफल जम्मा गरिने भएकाले हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन समेत योजनाले अनुरोध गरेको छ । 

    असोज १२ गतेसम्म आफ्नो इकाई धितो राखी कर्जा लिएका इकाईधनीहरूको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र प्रभु क्यापिटल लिमिटेडमा पेश गर्न समेत योजना व्यवस्थापकले आग्रह गरेको छ ।

    यस योजनाले पहिलो पटक प्रतिफल वितरण गरेकोे हो । यस योजना सञ्चालनका लागि २०७८ साल जेठ १४ गते १२ करोड ५० लाख इकाई विक्री गरेको थियो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १० रूपैयाँ ९० पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय