शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ११.०५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ११.०५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • images
    images
    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ११.०५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
    images
    images

    काठमाडौँ / शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    बैंकको मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com