आरएसडिसी लघुवित्तद्वारा ९.०५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

आरएसडिसी लघुवित्तद्वारा ९.०५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • images
    images
    आरएसडिसी लघुवित्तद्वारा ९.०५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
    images
    images

    काठमाडौँ / आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.६ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको असोज १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com