images
Logo
images

फोर्स मोटर्सको गाडीहरू खरिद गर्ने ग्राहकहरूलाई रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा

फोर्स मोटर्सको गाडीहरू खरिद गर्ने ग्राहकहरूलाई रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • फोर्स मोटर्सको गाडीहरू खरिद गर्ने ग्राहकहरूलाई रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा

    काठमाडौँ / नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लिले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ । आयाम इन्टरकन्टिनेटलका  तर्फबाट कम्पनीका अध्यक्ष डा. ध्रुव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ  र डीसीईओ रामहरी आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

    images
    images

    सो सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटलको सिफारिस प्राप्त ग्राहकहरूले फोर्स ब्राण्डका सवारी साधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम् ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । 

    सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटलका देशभरि रहेका सम्पूर्ण डिलरहरू र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरूमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन ।

    साथै फोर्स मोटर्सका गाडीहरू खरिद गर्न चाहाने ग्राहकहरूलाई दशैँ र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरू सार्वजनिक गरेकोे छ । यस कम्पनीको अनुसार बैङ्कमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मूल्याङ्कन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा  फ्री लगायतका आपÞmरहरू सार्वजनिक गरेकोे छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय