मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेड र ललितपुरको सुमेरु अस्पतालबीच सम्झौता भएको छ । 

    बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो । 

    उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

    त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com