काठमाडौँ/ नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ ।
जसअनुसार आज अमेरिक िडलर एकको खरिदमा १३२ रुपैयाँ ८९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४९ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १३९ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ १९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
यसैगरी सिङ्गापुरे डलर एकको खरिदमा ९६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रुपैयाँ २७ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ५९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६० पैसा पर्नेछ ।