images
Logo
images

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

    काठमाडौँ / इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो ।

    images
    images

    दिक्षीत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दिक्षीत गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यवाहक महालेखा परीक्षक काफ्लेले यस दिक्षान्त समारोहमा दिक्षीत भएका विद्याथीहरुलाई बधाई दिए । उनले दिक्षीत विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाल थप दक्षता हासिल गरेको बताए । उनले भने,’तपाईहरु प्रोफेसनल अडिटर भइसक्नु भयो।’

    उनले एकाउन्ट राम्रो नहुँदा पनि व्यवासय धरासायी हुने भएकोले अब तपाईहरुले व्यवासयलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिए । महालेखा परीक्षक काफ्लेले दिक्षीत विद्यार्थीहरुलाई कुनै बेला सहयोग गर्न आफू तत्पर रहेको बताए । उनले भने, ‘अडिड गर्ने काम सबैभन्दा कठिन काम हुँदा पनि तपाईहरु लाग्नुभएको छ, यो खुसीको कुरा हो।” 

    महालेखा परीक्षक काफ्लेले आईसीएमए अस्ट्रेलियासँग सम्बन्धन राखेर हासिल गरेको ज्ञानले नेपाल लाभान्वित हुने जानकारी दिए । साथै उनले राज्यले पनि प्रोफेसनल अडिटर उत्पादनमा सहयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै दिक्षीत विद्याथीहरुलाई बधाई दिँदै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सि.ए. सुजन कुमार काफ्ले यो कोर्ष कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग बताए । 

    उनले भने, ‘यो कोर्षका कारण लेखा तथा व्यवस्थापन क्षेत्रमा तपाईहरु नयाँ स्टक होल्डरको रुपमा उदाउनु भएको छ।’ त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाली दाजुभाइलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियालाई महत्वपूर्ण भूमिका खेलेको बताए ।

    त्यस्तै, कार्यक्रममा नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रिय निर्देशक कुमार प्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताए । 

    उनले दिक्षान्तरत विद्यार्थीहरुलाई लेखा तथा व्यवस्थापनको क्षेत्रमा विशिष्टता हासिल गरि सकेको भन्दै छोटो अवधिमा यस कोर्षको महत्त्व बुझि धेरै विद्यार्थी जोडिएको उल्लेख गरे । 

    उनले भने, ‘हामीले भर्खरै सुरु गरेको कोर्षमा प्राप्त आर्कषण प्रति कृतज्ञता ब्यक्त गर्दछु । हामीले नेपालका सबै क्षेत्रमा यस कोर्षको बारेमा जानकारी गराउन सकेका छैनम् । आउँदा दिनहरुमा यहाँहरुको सबैको सहयोगमा संभावित ब्यक्ति तथा ब्यावसायिक प्रतिष्ठानहरुमा कार्यरत लेखाका प्रमुखहरुलाई यस कोर्षमा जोड्ने कोशिस रहने छ।’

    निर्देशक खतिवडाले नेपालमै आईसीएमए अस्ट्रेलियाद्वारा सञ्चालित सीएमए कोर्ष अध्ययन अध्यापन हुँदा बौद्धिक दक्ष जनशक्ति उत्पादनले विदेश अध्ययनको लागि जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । कार्यक्रममा अस्ट्रेलियाबाट भर्चुवल रुपमा विदेशी वक्ताहरुले समेत सीएमएको बारेमा धारणा राखेका थिए।

    त्यस्तै दिक्षीत भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा हामीलाई थप दक्ष बनाउन सहयोग गरेको धन्यवाद दिइन् । दिक्षान्त समारोह अघि सम्पन्न भएको दुई दिने कार्यशाला गोष्ठीमा नेपालमा सीएमए शिक्षाको प्रभावकारिता र महत्त्वको बारेमा छलफल गरिएको थियो ।

    कार्यशाला गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल तथा भारतबाट आएका आईसीएमए विज्ञहरुले सीएमए शिक्षाको अवस्था, आवश्यकता, प्रभावकारिता र महत्व लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    के हो सीएमए कोर्ष ? 

    विश्वव्यापी रुपमा अभ्यास गरिने लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन हो । यसलाई विश्वमा शैक्षिक क्षेत्रमा उच्च उपाधिका रुपमा लिइन्छ । सीएमए अध्ययनको लागि व्यवस्थापन तथा वाणिज्य संकायमा स्नाकोत्तर उतीर्ण गरी कम्तीमा ५ वर्षको व्यवसायिक अनुभव आवश्यक पर्छ । यस कोर्षको अवधि तीन वर्षको हुन्छ ।

    नेपालमा सीएमए अस्ट्रेलियाको अध्ययन अध्यापन सुरु भएको ५ वर्ष पुगेको छ । ५ वर्षको समयमा सीएमए प्रोग्रामले म्यानेजमेन्ट एकाउन्ट मात्र तयार गरेको छैन, यसले नेपालमा लेखा विज्ञहरुको लागि नयाँ ढोका पनि खोलिदिएको छ । अब नेपाली व्यवसायिक जगतमा फाइनन्सीयल एकाउन्टेन्टस मात्र होइन म्यानेजमेन्ट एण्ड कस्ट एकाउन्टेन्ट पनि त्यतिकै अपरिहार्य छ, भन्ने कुरा यो प्रोग्रामको लोकप्रियताबाट स्पष्ट भइसकेको छ ।

    विश्वमा सीएमएका थुप्रै प्रोग्रामहरु लागू भएका छन् । खास गरी अमेरिका, बेलायत र अस्टे्रलियाको सीएमए प्रोग्रामहरु विश्व बजारमा चिनिएका प्रोग्रामहरु छन् । कुनै इन्स्च्यिुटले कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन, कसैले सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन् ।

    नेपालमा चलिरहेको रहेको प्रोग्राम भनेको चाहिँ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टको प्रोग्राम हो । यो इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्स (आईसीएमए) अस्ट्रेलियाले नेपालमा सञ्चालन गरेको कार्यक्रम हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय