परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलमा आजबाट अनलाइन टिकट सुरु, जनरलतर्फ ४५० शैय्या निःशुल्क

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलमा आजबाट अनलाइन टिकट सुरु, जनरलतर्फ ४५० शैय्या निःशुल्क

बुधवार, भदौ २० २०८०
बुधवार, भदौ २० २०८०
  • परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलमा आजबाट अनलाइन टिकट सुरु, जनरलतर्फ ४५० शैय्या निःशुल्क

    काठमाडौं / परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ।

    images
    images

    अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरिएको अस्पतालले जनाएको हो। अस्पतालले बुधबारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टरसमेत थप गरी सञ्चालनमा ल्याएको छ।

    स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टरसमेत थप गरेको छ। अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको बताए।

    उनले मुलुकको एकमात्र महिला स्वास्थ्यसम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको बताए।

    निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९÷८० मा कुल ३४ हजार १ सय ८५ जना महिला बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार ९ सय ४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ रहेको उल्लेख गरे।

    उनले नवजात शिशु सघन उपचारतर्फ २ हजार १९२ र मातृ संघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको दाबी गरे। उनले गत आर्थिक वर्षमा अस्पतालले बहिरंग सेवातर्फ १ लाख ८० हजार ८९० जना महिलाहरुले सेवा लिएको जानकारी दिए।

    उनले प्रसूतिमा भर्ना भएका २६ हजार ९४७ मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको भन्दै जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको बताए।

    २४ हजार ६७२ जना प्रसुती डेलीभरी महिलामध्ये ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात् सिजरियन सेक्सनबाट डेलिभरी भएको बताए।

    उनले गत आर्थिक वर्षमा १ हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको बताए। स्त्रीरोग अस्पातल वि.स.२०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन ४० शैय्या शुरुवात भएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय