गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न, ५० बढी डिलर सेल्स एक्जेक्युटिभहरूको सहभागिता

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न, ५० बढी डिलर सेल्स एक्जेक्युटिभहरूको सहभागिता

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • images
    images
    गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न, ५० बढी डिलर सेल्स एक्जेक्युटिभहरूको सहभागिता
    images
    images

    काठमाडौँ / गल्फ लुब्रिकेन्टका उत्पादक एवम् वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न गरेको छ । नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सर्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका वितरकले नेपाल ल्युबले पोखरामा आयोजित एक समारोहबिच उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

    उक्त कार्यक्रम लुब्रिकेन्ट उद्योगमा सम्भवतः  एक मात्र यस्तो कार्यक्रम हुन सक्ने कम्पनीले जनाएको छ । सो कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरूको उत्साहजनक सहभागिता थियो । 

    कम्पनीका अनुसार, ब्रान्डको भ्यालु र बिक्री बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबैभन्दा धेरै हुन्छ ।  नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तरोन्नतिलाई ध्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरू सञ्चालनमा ल्याई राखेको र यो डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्त्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ ।  

    सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो ।  

    नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले भने, “हाम्रो सेल्स  टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने  जिम्मेवारी हाम्रो हो ।

    एक प्रशिक्षित सेल्स एक्जेक्युतिभले  ग्राहकहरूलाई आफ्नो  लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ । यसले हाम्रो ब्रान्ड भ्यालु  र बिक्री बढाउन मद्दत गर्नेछ । यो मित हाम्रो सेल्स टिमलाई अझै बलियो बनाउनको लागि सम्पन्न भएको हो ।”  
    फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com