काठमाडौँ / नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’सहितको ‘बेस्ट लुकिंग’ इभी दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना घोषणा गरेको छ ।
नेपालको नं १ लक्जरी इभीको स्थानलाई मजबुत बनाउँदै एमएडब्लु वृद्धिले दिपल एस०७ मा यो ऐतिहासिक ग्राहक योजना ल्याएको हो । योसँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउनुहुनेछ ।
यस योजना अन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो इभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्ममा एमएडब्लुबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउनुहुनेछ । यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लुले गरेको छ ।
दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइनेछ ।
यो योजनासँगै ग्राहकहरुले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ यानि दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउनुहुनेछ ।
यो योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म नि:शुल्क ‘अटोप्लस इन्स्योरेन्स’, निशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निशुल्क चार्जिंगमा लाग्ने शुल्क र निशुल्क ‘रोडट्याक्स’ लगायतका सुविधा पाउनुहुनेछ ।
‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, इभी किन्ने आत्म विश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको इभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।
‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी इभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउनेछ ।