नेपाल इन्फर्मेशन टेक्नोलोजीद्वारा नेपालमा इग्नुका कार्यक्रमहरूको विस्तार

नेपाल इन्फर्मेशन टेक्नोलोजीद्वारा नेपालमा इग्नुका कार्यक्रमहरूको विस्तार

बिहिवार, भदौ ५ २०८२
बिहिवार, भदौ ५ २०८२
  • नेपाल इन्फर्मेशन टेक्नोलोजीद्वारा नेपालमा इग्नुका कार्यक्रमहरूको विस्तार

    काठमाडौँ / नेपाल इन्फर्मेशन टेक्नोलोजी  (NIT) ले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटी (IGNOU) सँगको सहकार्यमा नेपालमा सञ्चालित खुला तथा दूर शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नयाँ सुधारसहित विस्तार गरेको छ। 

    images
    images

    सन् २००८ देखि सञ्चालनमा रहेका यी कार्यक्रमहरूले हजारौं नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर दिलाइसकेका छन्। हाल  NIT मार्फत एमबीए, बीसीए, बीए र बी कम जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेको छ। आफ्नै पाठ्यपुस्तक वितरण, सप्ताहान्त कक्षा (काउन्सिलिङ) र समयमै मार्गदर्शनले विद्यार्थीलाई सहजता पुगेको छ।

    नयाँ सुधार र प्रविधि–मैत्री शिक्षा

    इग्नु–NIT ले हालै लागू गरेका सुधारहरूमा डिजिटल लर्निङ प्लेटफर्ममार्फत eGyankosh र SWAYAM बाट अध्ययन सामग्री डाउनलोड गर्न सकिने सुविधा, असफल विषयमा अर्को सेसनमै पुनः परीक्षा दिने व्यवस्था, र डिजिटल आईडी तथा प्रमाणपत्र प्रमाणीकरण प्रणाली सामेल छन्। यी सुधारहरूले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमै सहज प्रमाणिकरण र भविष्यका अवसरमा लाभ दिने अपेक्षा गरिएको छ।

    हाल परीक्षा केन्द्र काठमाडौँमा मात्र रहे पनि ल्क्ष्त् ले निकट भविष्यमै अन्य प्रदेश र शहरमा विस्तार गर्ने योजना बनाएको छ। यसले टाढा रहेका विद्यार्थीलाई आफ्नै स्थानमै शिक्षा हासिल गर्न सजिलो बनाउनेछ।

    विद्यार्थीहरूले किस्ताबन्दीमा शुल्क तिर्न पाउने व्यवस्था रहेको छ। १८ वर्ष माथिका जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्ने भएकाले आर्थिक अवस्था वा उमेरका कारण शिक्षा पाउन रोकावट नहुने ल्क्ष्त् को दाबी छ। केही वरिष्ठ नागरिक र महिलाले यसै कार्यक्रममार्फत डिग्री पूरा गरी प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

    किन रोज्ने NIT–IGNOU?

    अध्ययनमा ग्याप लिएर पुनः सुरु गर्न सकिने

    छुटेका परीक्षा अर्को सेसनमै दिन सकिने

    ३०५ आन्तरिक मूल्यांकन र ७०५ अन्तिम परीक्षा प्रणाली

    UNESCO Commonwealth of Learning ले मान्यता दिएको डिग्री

    'सबैका लागि शिक्षा, आफ्नै स्थान, समय र गतिमा' भन्ने नारासहित NIT–IGNOU का कार्यक्रमहरू गृहिणी, उद्यमी, पेशागत व्यक्तिहरू वा नयाँ स्नातक सबैका लागि अवसरको अद्वितीय प्लेटफर्म बनेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय